कर्णाली प्रदेशमा पहिलोपटक कोरोना संक्रमण पुष्टि

कर्णाली । कर्णाली प्रदेशमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ ।
दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक हिजो कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्लाको आठबीस नगरपालिकाका ३५ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।
संक्रमित व्यक्ति लकडाउनको समयमा महेन्द्रनगर हुदै ३५ दिनअघि भारतको आग्रावाट आएका थिए ।
सुर्खेतको विरेन्द्रनगरमा गरिएको परीक्षणमा उनको कोरोना रिपोर्ट पोजिटिभ आएको हो । क्वारेन्टाइनमा रहेका उनलाई दैलेख अस्पताल ल्याउने तयारी भइरहेको छ ।
