सोमबार एकैचोटि थप ४७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
संक्रमित सबै बाँकेका हुन्। ४६ जना पुरूष र एक जना महिला रहेकी छन्। भेरी अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको हो।
योसँगै संक्रमितको संख्या ३ सय ५२ पुगेको छ। तीमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किसकेका छन्।