रासेद एल्मुनाई एसोसियसन नेपाल काठमाडौ जिल्ला कार्य समिति र चन्दिदल सिहंदरवार,दुर्गाबक्स गण लैनचौरको आयोजनामा कानपा वडा नं १ नारायण चौरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कोरोना भाइरसको लकडाउनमा रगत अभाब हुन नदिन कार्यक्रम आयोजना गरिएको एसोसियसनका केन्द्रिय निर्दशक सर्जु बहादुर राउतले बताउनु भयो ।

कार्यक्रममा ३४ जना रक्तदाता द्दारा रक्तदान गर्नु भएको काठमाण्डौ जिल्ला निर्देशक ज्योति थापाले जानकारी गराउनु भयो।

कार्यक्रममा एसोसियसनका प्रमुख सल्लाहाकार निगम हुमागांईद्दारा रक्तदाताहरुलाई सम्मान पत्र वितरण गर्नु भएको थियो ।कार्यक्रममा स्वंयमसेवक भुमिका पुर्व क्याडेडहरु द्दारा गरिएको थियो।