काठमाडाैं उपत्यकामा लकडाउनमा थप कडाइ

काठमाडाैं उपत्यकामा लकडाउनमा थप कडाइ गरिने भएकाे छ । जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले ३ जेठबाट लागू हुने गरी लकडाउनमा कडाइ गर्ने निर्णय गरेकाे हाे ।

शुक्रबार बसेको जिल्ला सुरक्षा समिति काठमाडौंको बैठकले अत्यावश्यक सेवाका बाहेक पास विनाका सवारी साधन र पैदल यात्रुलाई समेत काठमाडौं प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

काठमाडौंका मूल सडक, भित्री सडक र गल्लीहरुमा विभिन्न बहानामा मानिसहरुको भीड भएको भन्दै जिल्ला प्रशासन कार्यालयले थप कडाइ गरेको हो । सडकमा विनापास निस्किएमा प्रचलित कानुनबमोजिम कारबाही हुने पनि प्रशासनले जनाएको छ ।

कार्यालयले यसअघि जारी गरिएका पासहरू खारेज भएकाे जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *