नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८

काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ । पछिल्लो पटक बाँकेका ८ र मकवानपुरका एक जनामा संक्रमण भेटिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमित हुनेमा आठ जना बाँकेको नैनापुर बडा नम्बर एक, तीन र पाँचका पुरुष छन् । उनीहरुको उमेर १८ देखि ३६ वर्षसम्म रहेको छ । थप एक जना मकवानपुर निवासी ३६ वर्षीय पुरुष रहेका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । यसअघि बिहीबार छ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार अहिलेसम्म देशभरि पीसीआर विधिबाट २२ हजार ६ सय ६४ वटा परीक्षण गरिएको छ । अहिले देशभरि १५ हजार ६ सय जना क्वारन्टीनमा र २ सय ७२ जना आइसोलेशनमा रहेका छन् । अहिलेसम्म कर्णालीबाहेक छ वटा प्रदेशका २३ जिल्लामा सङ्क्रमित फेला परेका छन् ।

प्रदेश नम्बर २ र ५ मा सर्वाधिक संक्रमित छन । केही दिनयता नेपालमा कोरोना भाइरसको संक्रमण बढेको देखिएको छ । मंगलबार ५७, बुधबार २६ जना र बिहीबार ६ जनामा संक्रमण देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *