चीनले अनुदानमा दिएको४० हजार पीसीआर किट नेपाल सरकारलाई हस्तातरण

काठमाडौ,२९ वैशाख/ चीन सरकारले कोरोना भाइरस रोगको परीक्षणका लागि अनुदानमा दिएको ४० हजार पीसीआर किट नेपाल सरकारलाई हस्तातरण गरेको छ । नेपालका लागि चिनियाँ राजदूत हौउ यांछीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा सोमबार बिहान मन्त्री भानुभक्त ढकाललाई मेडिकल सामग्री हस्तान्तरण गर्नुभएको हो ।

शुक्रबार र शनिबार गरी ४० हजार पीसीआर किट, २० हजार एन ९५ मास्क, सर्जिकल मास्क ८ लाख, गगल्स १० हजार थान लगायतका मेडिकल सामग्री ल्याइएको थियो ।

हस्तान्तरण कार्यक्रममा स्वास्थमन्त्री ढकालले चीनले सबैं नेपाललाई अप्ठ्यारो परेका बेला सहयोग गर्दै आएको र आपतमा सहयोग गर्ने नै असल छिमेकी भएको बताउनुभयो । त्यसैगरी स्वास्थ्य सामग्ररी हस्तान्तरण गर्दै राजदूत यांचीले केही महिना पहिला चीनलाई संकट पर्दा नेपालले सहयोग गरेको र नेपाललाई पनि सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । नेपालको संकटमा चीन सदैव साथ रहेको भन्दै राजदूत यांछीले आश्वस्त पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *