महोत्तरीमा एक जनाको हत्या

२९ वैशाख, जनकपुरधाम । महोत्तरीमा एक जनाको हत्या भएको छ । गौशाला नगरपालिका(४ बिर्ताका दिलीप ठाकुरको हत्या गरिएको अवस्थामा बिर्ता बस्तीकै मकै बारीमा शव फेला परेको प्रहरीले जनाएको छ ।

४५ वर्षीय ठाकुरको टाउकोमा गम्भीर चोट लागेको देखिएको छ । टाउकोमा चिर्पट प्रहार गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।

आइतबार बिहान आफन्तको घर गएका ठाकुरको शव सोही दिन साँझ फेला परेको प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रवक्ता एसपी जयराज सापकोटाले जानकारी दिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि जलेश्वर अस्पताल लगिएको र घट्नाबारे अनुसन्धान थालिएको सापकोटाको भनाइ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *