दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकन आइडलको शीर्ष ७ मा

दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकन आइडलको शीर्ष ७ मा उक्लिएका छन् ।

आइतबार ‘इन्टरनेशनल मदर्स दे’ को अवसरमा दिवेशले आमाको ममता झल्काउने बोन आइभरको निकै चर्चित गीत ‘हे, मा’ गीत गाएका थिए । यसपटकको उनको प्रस्तुतीमा उनीसँगै उनका आमा र बुवा पनि देखिएका छन् ।

अमेरिकन आइडलको अडिसनदेखि नै आर्थरले निर्णायकहरुको अत्यधिक तारिफ पाउँदै आएका छन् । शीर्ष ७ मा आइपुग्दासम्म उनको तारिफको क्रम जारी छ ।

निर्णायकमध्येका एक लुक ब्रायनले उनले असाध्यै राम्रो प्रस्तुती दिएको भन्दै प्रतिक्रिया दिएका छन् ।

यस्तै अर्का निर्णायक लियोनेल रिचीले पनि उनको प्रशंसा गर्दै भने, ‘तिमीले खासमा फोनबुक पनि गाउन सक्छौ । मैले यसो भनेर तिम्रो प्रशंसा गरिरहेको छु । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने, तिमीले जे सुकै गाउ, त्यो आर्थर गन नै सुनिन्छ । र सबैले आफ्नो करियरमा खोज्ने भनेकै यहि हो । यो यात्रामा रमाउ मेरो साथी, तिम्रो यो यात्रा उत्कृष्ट हुनेछ ।

यस्तै अर्की निर्णायक केटी पेरीले ठट्टा गर्दै भनिन्, ‘आर्थर, मैले आफूसँग सानो तिनकुने टिस्यू तयार पारेर राखेकी छु किनभने आमाको लागि डेडिकेट गरिएको यो कार्यक्रममा म जतिबेला पनि टुट्न सक्छु ।’

उनले आर्थरको तारिफ गर्दै भनिन्, ‘तिमीले कति राम्रोसँग गायौ । तिमी आफू एक व्यावसायिक संगीतकर्मी हौ भनेर प्रमाणित गरिरहेको छौ । वाउ ।’

दिवेशले पनि अमेरिकन आइडलको आफ्नो यात्रालाई ठूलो अवसर बताउँदै यसलाई आफूले बुढ्यौलीसम्म पनि नबिर्सने बताएका छन् ।

यसका साथै उनले ‘डिज्नी नाइट’ का लागि ‘किस द गर्ल’ समेत गाएका छन् । यसमा पनि उनले दर्शक तथा निर्णायक मण्डलको अत्यधिक प्रशंसा पाएका छन् ।

आर्थरलाई शीर्ष ५ का दाबेदारको रुपमा हेरिएको छ ।

फिनालेमा दिवेसलाई पुर्याउनका लागि भोटिङ लाइन खुल्ला गरिएको छ । दिवेशलाई भोट गर्नका लागि १६ लेखेर २१५२३ मा मेसेज पठाउन सकिनेछ अथवा अमेरिकन आइडलको अफिसियल साइटमा गएर भोट गर्न सकिनेछ अथवा अमेरिकन आइडलको एपमार्फत् भोट गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *