एजेन्सी, २८ वैशाख । भारतको दिल्ली एनसीआरमा कोरोना महामारी बीचमा आज भूकम्प महसुस गरिएको छ । करिब दिउँसोको १ बजेर ४५ मिनेटमा भूकम्पको महसुस गरिएको जनाइएको छ ।
दिल्लीमा पहिला तूफान आएको र पछि भूकम्पको झट्काको महसुस गरेको भारतीय मिडियामा उल्लेख छ । मिडियाका अनुसार ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो। कोरोना भाइरसको संक्रमणको यो समयमा भारतलाई भूकम्पले पनि सताएको छ ।
भूकम्पले दिल्लीका मानिसहरुमा कोरोनाको डरमाथि थप डर थपेको छ । भारतको धेरै स्थानमा अचानक मौसम बदलिएको जनाइएको छ ।
राजधानी दिल्ली, नोएडा, गाजियाबादका धेरै स्थानहरुमा आँधी – र तूफान बताइएको छ । धुलै धुलोले भरेको हावा फैलिरहेकोले केही देखन नसक्ने भएको आजतकले जनाएको छ।