भारतीय र चिनियाँ सैनिकबीच झडप

उत्तर सिक्किमको नाकु ला सेक्टरमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले जानकारी दिएको छ ।

उक्त झडपमा दुबैतर्फका सैनिक घाइते भएको बताइन्छ । सेनाको स्रोतलाई उद्धृत गर्दै स्रोतले दुई देशका सैनिक यतिबेला निकै आक्रामक व्यवहार देखिएको बताएको छ । यद्यपि, पछि कुराकानीमार्फत् झगडा साम्य भएको बताइन्छ ।

मिडिया रिपोर्टका अनुसार उक्त घटना मुगुथांगको अघिल्तिर नाकु ला सेक्टरमा शनिबार भएको हो । यो इलाका ५ हजार मिटर उचाईमा छ । एक अधिकारीका अनुसार झगडमा ४ भारतीय र ७ चिनियाँ सैनिकलाई चोट लागेको छ । यो झडपमा दुई देशका करिब १५० सैनिक समावेश थिए ।

भारतीय सैनिकले सीमा विवादको विषयमा भारतीय र चिनियाँ सैनिकबीच अस्थाई र कुनै कुनै बेला झगडा हुँदै आएता पनि यसपटकको झगडा निकै लामो समयपछि भएको बताए । दुई देशका सेनाले यस्ता मुद्दालाई प्रोटोकलको आधारमा सुल्झाउने गरेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *