फुटबलमा ५ खेलाडी परिवर्तन सम्बन्धी नयाँ नियम पारित

६ वैशाख, काठमाडौं । फुटबलमा ५ खेलाडी परिवर्तन सम्बन्धी नयाँ नियम पारित भएको छ । फुटबलको नियम बनाउने संस्था इन्टरनेशनल फुटबल एसोसिएसन बोर्ड (आईएफएबी) ले खेलाडीको सुरक्षाका लागि यो नियम लागू गरिएको जनाएको छ ।

आईएफएबीका अनुसार कोरोना भाइरसको महामारीपछि फुटबल शुरु हुँदा टिमले ५ खेलाडी परिवर्तन गर्न पाउनेछन् । कोरोना महामारीले गर्दा फुटबल अहिले स्थगित छ र अब फुटबल फेरि शुरु हुँदा खेलाडीको फिटनेस कायम राख्न अस्थायी रुपमा नियम परिवर्तन गरिएको हो ।

आईएफएबीले फिफाको आग्रहमा नियम परिवर्तन गरिएको र यही वर्ष ३१ डिसेम्बर सम्म सकिने प्रतियोगिताको लागि मात्र यो लागू हुने जनाएको छ ।

यसको अर्थ यही सिजनका बाँकी खेलहरु र च्याम्पियन्स लिग फेरि शुरु भए यो नियम लागू हुनेछ । २०२०(२१ को सिजनमा यो लागू हुने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *