रा से द एल्मुनाई एशाेसियसनद्दारा एकै दिनमा तिनवटा स्थानमा राहत

काठमाडौँ, २४ वैशाख । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण दैनिक ज्याला मजदुरी गर्ने, गरिव तथा विपन्न परिवारलाई रास्ट्रिय सेवा दल काठमाडौँ जिल्लाएल्मुनाई एशाेसियसन,नेपाली सेना, चण्डीगण दल, र दुर्गाबक्स गणको समन्वयन र क्याडेट छात्र-छात्राहरूको उपस्तिथिमा एकैदिनमा तिनवटा स्थानमा राहत वितरण कार्यक्रम गरेको छ

काठमाडौँ जिल्ला एल्मुनाइ कि निर्देशक ज्योती थापाको अध्यक्षतामा खटेका टोलिले हिजो एकैदिनमा तिनवटा स्थानमा राहत वितरण गरेका छन् । निर्देशक थापाको संयोजकत्वमा चन्द्रगिरी नगरपालिका, वडा न ५ किसिपिडिमा चामल, मस्यौरा, तेल, नुन लगायत अति आवश्यक सामग्री सहयोग गरिएको छ ।

त्यस्तै टेकु वडा नं १२ का वडा प्रमुख बिकास डङ्गोल उपस्तिथिमा ४० परिवारमा राहत वितरण गरेको थियो । त्यस्तै कुलेश्वर, महादेवस्थान-१४ मा अवस्थित सामुदायिक सेवा केन्द्रमा खाद्यान्न सामग्री उपलब्ध गराएका थिए । जहाँ विगतदेखी नै राहतकाे लागि खानाकाे व्यवस्था गरिएको छ ।रा से द एल्मुनाई एशाेसियसन नेपालले देशकाे बिभिन्न जिल्लामा पनि यस्तै राहात कार्यक्रम गर्द लाने एल्मुनाई एशाेशियसनका चिफ सल्लाकार निगम हुमांगाई र केन्द्रिय निर्देशक सर्जु बहादुर राउतले बताउनु भयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *