उपचाररत ६ संक्रमित निको भए

कोशी कोरोना विशेष अस्पतालमा उपचाररत ६ संक्रमित निको भएका छन्।
लगातार दोस्रो पटक पिसिआर परीक्षण गर्दा ६ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जानकारी दिएकाे छ। उदयपुरमा संक्रमित देखिएका २८ जनामध्ये ६ जना निको भएका हुन्।
उनीहरूलाई भोलि बुधबार बिहान डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ।
यीसहित कोरोना जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २२ पुगेको छ।
यसअघि १६ जना संक्रमित निको भइसकेका छन्। १६ मध्ये दुई जना भने फेरि अस्पताल भर्ना भएका छन्।
