नेपालगञ्ज उपमहानगरपालिकामा सेना परिचालन

२३ बैशाख, बाँके । निषेधाज्ञा जारी गरिएको बाँकेकाे नेपालगञ्ज उपमहानगरपालिकामा सेना परिचालन गरिएको छ । स्थानीयले प्रहरीमाथि ढुंगामुडा गरेपछि स्थिती नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो ।

निषेधाज्ञाका बीच प्रहरीले बिहान ११ बजेसम्म अत्यावश्यक सामाग्री किन्नका लागि बजार खुला गरेको थियो । रानीतलाउ क्षेत्रमा रहेको तरकारी बजारमा तरकारी किन्नेको भीड बढेपछि प्रहरीले हटाउन खोज्दा विवाद उत्पन्न भएको थियो ।

विवाद गरेको भन्दै प्रहरीले त्रिवेणी चोकका एक युवालाई त्यहाँबाट पक्राउ गरेको र त्यसको विरोधमा निषेधाज्ञाबारे माइकिङ गर्दै हिँडेको प्रहरीको गाडीमा स्थानीयले ढुंगामुडा गरेपछि प्रहरी र व्यापारीबीच विवाद हुँदा झडप भएको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *