बस्नेत, श्रेष्ठ (किसान) र खनालले पनि राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिए

काठमाडौं । जनता समाजवादीका सांसद डा. सुरेन्द्र यादवको अपहरणको आरोप लागेका सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् । उनीहरुले आफूहरुले यादवलाई अपहरण नगरेको भन्दै सोमबार आयोग कार्यालय पुगेर उजुरी दिएका हुन् ।

सांसद यादवले बस्नेत र श्रेष्ठ तथा पूर्व आईजीपी खनालले अपहरण गरेको भन्दै मानव अधिकार रक्षाको माग गर्दै वैशाख १८ गते आयोगमा उजुरी दिएका थिए । गत बैशाख १० गते महोत्तरीबट डा. यादवलाई बस्नेत, श्रेष्ठ र खनालले काठमाडौं ल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *