नेपाली मूलका दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष १० मा पुग्न सफल

0
126

नेपाली मूलका दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष १० मा पुग्न सफल भएका छन् ।

आइतबार रातीको कार्यक्रममा आइडलले शीर्ष २० बाट शीर्ष ११ प्रतिस्पर्धी छनोट गरेको हो । शीर्ष १० प्रतियोगी अडियन्सको भोटमार्फत् छनोट गरिएको हो भने अर्का एक प्रतियोगीलाई निर्णायक मण्डलले छानेका हुन् ।

कोरोनाभाइरसको महामारीका कारण प्रत्येक प्रतियोगीले आफ्नै घरबाट प्रस्तुती दिँदै आएका छन् । शीर्ष १० का लागि छनोट भएपछि दिवेशले जोन डेनभरको गीत ‘कन्ट्री रोड’ गाएका थिए । यसमा उनले ‘रेगे ट्वीस्ट’ थपेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here