नेपाली प्रहरीलाई कुट्ने ५ जना भारतीय नागरिक पक्राउ

बुटवल । सीमानाको सुरक्षार्थ खटिएका नेपाली प्रहरीलाई कुट्ने ५ जना भारतीय नागरिक पक्राउ परेका छन् । लकडाउनको बेला नेपालमा आएर सवारी चलाएपछि नियन्त्रणमा लिन खोज्दा कपिलवस्तुमा कार्यरत दुई प्रहरीलाई भारतीय नागरिकले सिमा कटाएर कुटपिट गरेका थिए ।

कपिलवस्तुको जिल्लाको सेमरी गाउँमा जग्गा जमिन रहेका ती भारतीय नागरिक लकडाउनको बेला आफ्नो खेतको गहुं काटेर सवारी साधन मार्फत भारत लैजादै गर्दा प्रहरीले रोक्न पुगेका थिए ।

उक्त बेला ५ जना भारतीय नागरिकले नेपाली प्रहरुरीलाई सीमा नाकामा लगेर कुटेका थिए । एक साता पहिलेको यो घटनामा संलग्नहरुलाई भारतीय प्रहरीको सहायतामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको हो ।

पक्राउ पर्नेहरुमा भारत शोहरतगढ थाना खुनुवा चौकीको परसौना गाउँका गोरा मुसलमान, हरिषचन्द्र चौबे, पप्पु मुसलमान, सब्बीर मुसलमान, शाहबुद्दिन मुसलमानलाई भारतीय प्रहरीले नियन्त्रणमा लिए कपिलवस्तु प्रहरीलाई बुझाएको जनाइएको छ ।

भारतीय सीमा सुरक्षा बलको सहयोगमा सुरक्षाकर्मीको उद्दार गरिएको र घटनामा संलग्न ५ जनालाई भारतीय प्रहरीले पक्राउ गरिसकेको कपिलवस्तुका प्रहरी उपरिक्षक दिपशम्सेर जबराले बताए ।

नेपाल प्रहरीमाथि दुव्र्यवहार भएको घटनापछि कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलसहितको नेपाली सुरक्षा टोलीले घटनास्थलको निरिक्षण गरी तत्कालै पक्राउ गर्न भारतीय अधिकारीसंग अनुरोध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *