नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभाको चुनावमा लडाउने निर्णय गरेको छ । उपयुक्त समयमा उम्मेदवार बनाउन पहल गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । वैशाख २५ मा स्थायी कमिटी बैठक बोलाइएको छ ।
माधव नेपाललाई अध्यक्ष बनाउने विषय भने टुंगिएको छ । नेपाल अध्यक्ष बन्ने ओलीको प्रस्तावमा आज थप छलफल भएन । नेकपाका वरिष्ठ नेता नेपाल आफैले तेस्रो वरीयताको अध्यक्ष बन्न अस्वीकार गरेका थिए ।