कुवेतमा ३ नेपाली सहित २४२ जना नया कोरोना संक्रमित थपिए

0
110

कुवेतमा ३ नेपाली सहित २४२ जना नया कोरोना संक्रमित थपिए, आजसम्म संक्रमितको संख्या ४६१९ नाघ्यो, आज ३ कोरोना संक्रमितको मृत्यु भएसॅगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३३ पुग्यो

______________

कुवेतमा शनिवार एकै दिन ३ नेपालीसहित २४२ जना नया कोरोना भाईरस संक्रमित थपिएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण ३ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ४३ बर्षीय बंगलादेशी , ३४ बर्षीय भारतीय र ७१ वर्षीय जोर्डनका नागरीक रहेका छन् । यससॅगै कुवेतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

अहिले २८८३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ र ती मध्ये ३४ जनाको अवस्था निकै गम्भिर रहेको कुवेतको स्वस्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा उपचारको त्रममा रहेका १०१ जना कोरोना संक्रमित पूर्ण रूपमा निको भएर डिस्चार्ज भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here