सुलभ अग्रवाल धराैटी बुझाएर तारेखमा रिहा भए लगत्तै पक्राउ

काठमाडौं । ज्वराे नाप्ने यन्त्र थर्मल गनकाे कालाेबजारी गरिरहेका बेला २५ चैतमा पक्राउ परेका किर्गिस्तानका अवैतनिक दूत (अनरेरी कन्सल) सुलभ अग्रवाल रूं. २५ लाख ५० हजार धराैटी बुझाएर तारेखमा रिहा भए लगत्तै पक्राउ परेका छन्। उनी बिरूद्व सम्पत्ति शुद्दिकरण अनुसन्धान विभागले अनुसन्धानका लागि हिरासतमा लिएकाे हाे ।

विभागका महानिर्देशक रूपनारायण भट्टराईले प्रहरीले मान्छे र फाईल नल्याउँदासम्म जानकारी नहुने बताए । प्रहरीले भने उनलाई विभागमा बुझाउन नियन्त्रणमा लिएकाे जनाएकाे छ ।

काठमाडाैं जिल्ला अदालतका मुख्य न्यायाधीश ब्रजेश प्याकुरेलकाे इजलासले अग्रवालसँग धराैटी माग गर्दै तारेखमा राख्न आदेश दिएकाे थियाे । उनी बिरूद्व कालाेबजारी र सार्वजनिक पदकाे दूरूपयाेग सहित चार कसुरमा मुद्दा दर्ता भएकाे थियाे ।

अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले अग्रवाल धराैटीमा रिहा भएपनि उनी नियमित तारेखमा रहने बताए । अग्रवालले आदेशकाे केही मिनेटमै धराैटी बुझाएका थिए ।

उनी अदालत परिसरबाट बाहिरिनासाथै काठमाडाैं प्रहरीले नियन्त्रणमा लिएकाे डीएसपी हाेविन्द्र बाेगटीले जानकारी दिए । विभागमा बुझाउन नियन्त्रणमा लिएकाे बाेगटीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *