वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि

0
148

१४ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भएको छ ।

वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ ।

तथ्यांकमा कोरोना – नेपाल
संक्रमित
५१
निको भएको
१२
मृत्यु

अपडेटः २०७७ वैशाख १३ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

कोरोना संक्रमित भारतीय जमातीहरुको सम्पर्कमा रहेकाहरुको परीक्षणका क्रममा छपकैयाका महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारीमा संक्रमित पाइएको हो ।

अर्को संक्रमित सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएका पुरुष हुन् । उनलाई सम्भावित संक्रमितका रुपमा क्वारेन्टाइनमा राखिएको थियो ।

संक्रमणको पुष्टि भएपछि दुबैलाई नारायणी अस्पताल भर्ना गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here