भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बिहीबार साढे पाँच बजे मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारस्थित अरनिको राजमार्गमा भक्तपुरबाट काठमाडौं तर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना भएको हो।

बा ३९ प ५७४१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको रेलिङमा ठक्कर खान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक गिरीले जानकारी दिए।

सो क्रममा चालक मध्यपुर ठिमी नगरपालिका ५ भुलाङखेलका ३० वर्षीय अजय श्रेष्ठ गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै नजिकैको मध्यपुर अस्पताल ठिमीमा लगिएको थियो।

उनको उपचारको क्रममा सवा छ बजे मृत्यु भएको गिरीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *