
भोजपुरका एक २६ वर्षीय युवकमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ।
धरानको विपी कोइराला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोनाभाइरस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।
भोजपुरका यी युवकसहित आज तीन जना संक्रमित थपिएका छन्।