काठमाडौमा २ जना नर्सलाई आरडिटी परीक्षणमा कोरोना संक्रमण पोजेटिभ

काठमाडौमा २ जना नर्सलाई आरडिटी परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा २ पटक गरिएको ¥यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

आरडिटी परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि उनीहरुलाई पिसिआर परीक्षण गरिने भएको छ ।

उनीहरु दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता अनुप बास्तोलाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *