मुम्बईमा ५३ पत्रकारलाई कोरोना संक्रमण भएको पुष्टि

मुम्बईमा ५३ पत्रकारलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । सोमबार एक सय ६७ पत्रकारहरुमा गरिएको परीक्षणका क्रममा ५३ जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन् ।

उनीहरु विभिन्‍न सञ्‍चारमाध्यमका रिपोर्टर, क्यामेरामेन तथा फोटो पत्रकारहरु रहेको बताइएको छ।

भारतमा हालसम्म १७ हजार ६ सय १५ जनामा कोरोना देखिएको छ। ती मध्ये २ हजार ८ सय ५४ निको भएका छन्। कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या ५ सय ५९ पुगेको छ।

धेरैले पत्रकारले आफ्नो ज्यानको बाजी लगाएर कोरोनाबारे आम नागरिकलाई सुसूचित गराएको भन्दै प्रशंसा र शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

पत्रकारहरु कोरोना संक्रमित भएपछि पूर्वक्रिकेटर एवं लोकसभा सदस्य गौतम गम्भीरले स्वास्थ्य लाभको कामना गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *