अवैध गतिविधि रोक्न कदम चाल्दा एक प्रहरी इन्सपेक्टरको सरुवा

काठमाडौं । अवैध गतिविधि रोक्न कदम चाल्दा एक प्रहरी इन्सपेक्टरको सरुवा भएको छ ।

काठमाडौंको कपन क्षेत्रमा भइरहको अवैध बालुवा उत्खनन् रोक्दा महानगरीय प्रहरी प्रभाग कपनकी इन्चार्ज इन्स्पेक्टर सुरक्षा केसीको सरुवा भएको हो।
उनले स्थानीय जनप्रतिनिधिलगायतको मिलेमतोमा कपन क्याम्पस हाताभित्रबाट भइरहेको अवैध बालुवा उत्खनन् रोकेकी थिइन् ।

सोही निहुँमा स्थानीय जनप्रतिनिधि र माफियाको दवावमा प्रहरी प्रधान कार्यालयले केही दिनअघि केसीको सरुवा गरेको हो ।

उनको ठाउँमा अहिले कार्यालयले इन्स्पेक्टर शेखरजंग मल्ललाई इन्चार्ज बनाएर पठाएको छ ।

कमन इन्चार्जको जिम्मेवारी सम्हालेको एक वर्ष पनि नभइ केसीलाई भने काजमा प्रहरी एकेडेमी तानिएको छ ।

क्याम्पसको हाताबाट बालुवा अवैधरुपमा उत्खनन् गरेर बेच्ने योजनामा इन्सपेक्टर केसी बाधक बनेपछि स्थानीय जनप्रतिनिधिको जोडबलमा लकडाउनकै बेला उनको सरुवा भएको हो । राम्रो काम गर्दा सरुवा सरुवा गरिएको भन्दै सामाजिक सञ्जालमा आलोचना समेत भएका छन् ।

उनी कपनमा गएयता त्यहाँको शान्तिसुरक्षा समेत निकै मजवुत रहेको स्थानीयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *