कर्णाली नदीमा वेपत्ता भएका युवकको शव फेला

0
84

७ वैशाख कैलाली । कर्णाली नदीमा वेपत्ता भएका एक युवकको शव आइतबार बिहान फेला परेको छ ।

नुहाउने क्रममा नदीमा वेपत्ता भएका टीकापुर नगरपालिका वडा १ का ३० वर्षका बादल ठकुल्लाको शव २ दिनपछि प्रहरीले फेला पारेको हो ।

वैशाख ५ गते मलामी गएका बेला उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए ।

नुहाउने क्रममा डुबेर वेपत्ता भएका ठकुल्लाको शव करिब १० किलोमिटर तल भेटिएको उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here