कोरोना संक्रमणबाट लण्डनमा फेरि अर्का भूतपूर्व गोर्खाले ज्यान गुमाए

लण्डन । कोरोना संक्रमणबाट लण्डनमा फेरि अर्का भूतपूर्व गोर्खाले ज्यान गुमाएका छन् ।

लण्डनको हिलिङडन बरोको ‘वेस्ट ड्रेटन’ भन्ने ठाउँमा बस्दै आएका ८२ वर्षका हरिमान तामाङको बुधबार सांझ हिलिङडन अस्पतालमा निधन भएको उनका आफन्त समेत पर्ने गेसो उपाध्यक्ष धर्म तामाङले जानकारी दिए ।

धनकुटा हात्तिखर्क, माकलुंग घर भएका मृतक तामाङ र उनकी श्रमिती छोरी कला र ज्वाईं मणि तामाङसंगै लण्डन बस्दै आएका थिए । उनका एक छोरा अष्ट्रेलियामा छन् ।

स्वास्थ्यमा समस्या आएपछि ५ दिनअघि अस्पताल भर्ना भएका तामाङलाई कारोना ‘पोजिटिभ’ देखिएको थियो ।

मंगलबारसम्म अस्पतालले परिवारलाई फोन गरेर उनको स्वास्थ्यअवस्थामा सुधार हुंदै गइरहेको बताइरहेको र बुधबार बिहान एक्कासी अवस्था नाजुक बनेको खबर दिएको परिवारले बताएको छ ।बुधबार साँझ परिवारलाई उनको निधन भएको खबर दिइएको थियो ।

मृतक तामाङलाई अरु कुनै गम्भीर स्वास्थ्य समस्या नरहेको बताइएको छ ।

बेलायतमा अहिलेसम्म १ दर्जन बढि नेपालीको कोरोनाकै कारण मृत्यु भइसकेको छ । जसमध्ये केहि बाहेक अधिकांश भूतपूर्व गोर्खा छन् ।

source: nepalilink.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *