कोरोना भाइरस संक्रमणबाट बेलायतमा थप एक नेपालीको मृत्यु

लण्डन । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमणबाट बेलायतमा थप एक नेपालीको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या १० पुगेको छ ।

बुधबार थप एकजना पूर्व गोर्खाको निधन भएको हो । बेलायतस्थित साउथ ईस्ट लण्डनको प्लमस्टिडमा बस्दै आएका ५८ वर्षीय लक्ष्मण श्रेष्ठको कोरोनाको संक्रमणबाट निधन भएको हो । उनी स्थानीय पशुपतिनाथ मन्दिरमा आजीवन सदस्य पनि थिए ।

पुर्ख्यौली घर स्याङ्जा भएका श्रेष्ठ सन् २०१० देखि बेलायतमा बस्दै आएका हुन् । उनका श्रीमती, एक छोरा र तीन छोरी छन् ।

सामान्य रुघाखोकी र पखालाका कारण समस्या उत्पन्न भएपछि ३१ मार्चका दिन साउथ ईस्ट लण्डनको क्वीन एलिजावेथ अस्पताल पुर्याइएको थियो ।

अक्सिजनको मात्रा कम देखिएका श्रेष्ठलाई भोलिपल्ट नै भेन्टिलेटरमा राखिएको थियो । दुई दिनपछि उनलाई लन्डनको गाइज अस्पतालमा सारिएको थियो ।

अस्पताल भर्ना भएको चौथो दिनमा उनलाई कोरोनाको पूष्टि भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *