चितवनमा गरिएको र्यापिड टेस्टमा ४ जनाको रिपोर्ट पोजेटिभ

काठमाडौं,३ बैशाख । चितवनमा गरिएको र्यापिड टेस्टमा ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । रिपोर्ट पोजेटिभ आएपछि पीसीआर मार्फत परीक्षण गर्न स्वाब संकलन गरिएको छ । स्वाब संकलन गरि काठमाडौं ल्याउने तयारी गरिएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

यसअघि र्यापिड टेस्टमा धादिङ, काभ्रे, सप्तरी गोरखा,पोखरामा गरि ६ जनाको रिपोर्ट पोजेटिभ आएकोमा सप्तरीका २ जनाको रिपोर्ट पीसीआरमा नेगेटिभ आएको छ ।बाँकीको रिपोर्ट आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *