दिल्लीको तबलिकी जमातमा सहभागी भई फर्केकामध्ये २ जनाको आरडीटी रिपोर्ट पोजेटिभ

भारत दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केका ८ जनामध्ये २ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आएको छ ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका अनुसार ८ र ९ मार्चमा दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भई फर्केकामध्ये २ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आएको हो ।

यसअघि वीरगञ्जको एक मस्जिदमा मुस्लिम धर्मका ३ जना प्रचारकमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

वीरगञ्जपछि रौतहटमा पनि एकजना कोरोना भाइरस लागेका व्यक्ति फेला परिसकेका छन । रौतहटका युवक पनि भारतबाटै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *