सरकारले अत्यावश्यक सेवाका लागि ई–पासको व्यवस्था सुरु

कोरोना भाइरसको संक्रमण रोकथामका जारी लकडाउनका समयमा अतिआवश्यक सवारीसाधन सञ्चालनका लागि सरकारले नयाँ व्यवस्था गरेको छ । सरकारले अत्यावश्यक सेवाका लागि ई–पासको व्यवस्था सुरु गरेको छ ।

गृह मन्त्रालयले सोमबार आयोजित कार्यक्रममार्फत खाद्यान्न ढुवानी, बिरामी ओसारपसार, शववाहन र अन्य अतिआवश्यक परेको खण्डमा अनलाइनमार्फत फाराम भरेर सवारी पास लिन सकिने जानकारी दिएको हो ।

यसरी व्यवस्था गरिएको प्रावधानका आधारमा जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा मात्रै ई–पास वितरण गर्नेछ ।

यो प्रणाली मंगलबारदेखि सुरु हुनेछ । मन्त्री थापाले फाराम भर्ने सबैलाई भन्दा पनि प्राप्त प्रमाणको आधारमा नदिई नहुने व्यक्तिलाई मात्रै सवारी सञ्चालनका लागि ई–पासको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए ।

पास www.epass.moha.gov.np वेबसाइटमार्फत लिन सकिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *