लकडाउन गरिएको समयमा १३ वर्षीया बालिकाको बलात्कार गरि हत्या

आफ्नी आमा बजार गएको बेला १३ वर्षीया बालिकाको बलात्कार गरि हत्या गरिएको छ । कोरोना भाइरस (कोभिड– १९) को संक्रमण नियन्त्रण गर्न लकडाउन गरिएको समयमा घरमा भएको खाद्यन्न सकिन थालेपछि आमा बजार गएको समयमा बालिकाको बलात्कार गरी हत्या गरिएको हो ।

यो घटना अमेरिकाको सीमाना नजिकै रहेको मेक्सीकोको एरिजोना राज्यको हो । उनकी आमा सामान किनेर घर फर्किदा आफ्नो बच्चा मृत अवस्थामा भेटिएकी थिइन् ।

स्थानीय संचारमाध्यमका अनुसार लकडाउनको बेला अत्यावशेक खानेकुरा किन्न पाउने नियमअनुसार बजारमा खाद्यन्न किन्न केहीबेरमात्रै निस्कदा घरमा ठूलो घटना घटेको हो । उनी बजार गएको बेला घर फुटाएर उनकी १३ वर्षीया छोरीलाई बलात्कार गरेर हत्या गरिएको हो ।

समाचार अनुसार उक्त महिलाको घरबाट कुनै पनि धनमाल चोरी भएको छैन ।

उनी बजारमा रहँदा उनको पूर्व प्रेमीले छोरीको अवस्थाको बारेमा जानकारी गराएका थिए । त्यसपछि हतार हतारमा घर पुग्दा प्रहरी घरमा पुगिसकेको थियो ।

प्रहरीले उक्त बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि गरेको छ । घटनाको अनुसन्धान भइरहेको र संलग्न भएको आशंकामा केहीलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

घटना ज्यानै निर्मम भएको भन्दै विश्वभरीबाट आलोचना भएको छ । उनको न्यायको लागि सामाजिक संजालमा अभियान नै चालिएको छ । केहीले आफूलाई मेक्सीकोको नागरिक भएको भन्न पनि लाजमर्दो अवस्था आएको र सरकारप्रति कुनै विश्वास नभएको सामाजिक संजालमा उल्लेख छ ।

घटनापछि उनकी आमाले सामाजिक संजालमा लेखेकी छिन् ‘म कुन अवस्थामा छु त्यसको ब्याख्या गर्न सक्ने अवस्थामा म छैन । म मेरी छोरी १३ वर्षसम्म पृथ्विमा चम्किइन् । आजदेखि सदाको लागि नाच्दै आकाशमा चम्किनेछिन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *