स्पेनमा कोरोनाभाइरसबाट संक्रमित बनेका ५९ हजार १०९ जना स्वस्थ बने

स्पेनमा कोरोनाभाइरसबाट संक्रमित बनेका ५९ हजार १०९ जना स्वस्थ बनेका छन् । पछिल्लो तीन दिनमा स्वास्थ्यलाभ गर्नेको संख्या ११ हजार बढीले वृद्धि भएको स्पेनको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।

यता, पछिल्लो २४ घण्टामा स्पेनमा भाइरसको संक्रममणबाट ५१० जनाले ज्यान गुमाएका छन् जुन ३.२ प्रतिशतले वृद्धि हो । हालसम्म स्पेनमा १६ हजार ३५३ जनाले ज्यान गुमाएका छन् ।

अहिले स्पेनमा सक्रिय संक्रमितको संख्या ८६ हजार ३९० जना रहेको छ । नयाँ संक्रमितको संख्या १.५ प्रतिशतले बढेको छ । पछिल्लो केही दिनको तुलनामा यो दर थोरैले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *