नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

२९ चैत, चितवन । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका(२ क्षेत्रपुर बस्ने १८ वर्षीय सनिल लामा रहेका छन् । पौडी खेल्ने क्रममा डुबेर उनी बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारको गोताखोरसहितको टोलीले भरतपुर महानगरपालिका(१ जोरकुसुम पार्क नजिकै नारायणी नदिबाट उनको शव शनिबार बाहिर निकालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *