कोरोना भाइरस (कोभिड–१९) को परीक्षण वीर अस्पतालमा पनि सुरु

२९ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को परीक्षण वीर अस्पतालमा पनि सुरु भएको छ ।

यससँगै काठमाडौं उपत्यकामा परीक्षण स्थल दुई पुगेको छ । यसअघि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र परीक्षण हुँदै आएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार भोलिबाट टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै पनि परीक्षण सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *