चट्याङ र हुरी बतासबाट जोगिन जल तथा मौसम पूर्वानुमान महाशाखाको आग्रह

२९ चैत, काठमाडौं । कोभिड–१९ बाट जोगिन लकडाउन बसीरहेका बेला जल तथा मौसम पूर्वानुमान महाशाखाले चट्याङ र हुरी बतासबाट जोगिन आग्रह गरेको छ ।

महाशाखाले प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ विशेष सर्तक रहन आग्रह गरेको हो ।

मौसमविद् राजु प्रधानाङ्गले मेघ गर्जन, चट्याङ र हुरी बतास सहित वर्षा गराउने बादल विकसित भइरहेको जानकारी दिए । उनका अनुसार स्थानीय वायुको प्रभावका कारण हुने यो वर्षा लामो भने हुँदैन ।

हाल प्रदेश ५, गण्डकी प्रदेश, लगायत वाग्मती प्रदेश तथा प्रदेश १ को पहाडी भू(भागमा मेघ गर्जन र चट्याङ तथा हुरी वतास सहित वर्षा गराउने बादल विकशित भईरहेको देखिएको हुनाले सतर्कता अपनाउन हुन अनुरोध छ ।

‘लगभग नेपालको पहाडी क्षेत्रको सबैतिर मौसम बदली भएको छ, साँझपख सामान्य वर्षा हुन्छ’ उनले भने ‘यो बदली धेरै समय पनि रहँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *