कपिलवस्तुको जगलमा दुई जना बाघको आक्रमणबाट गम्भीर घाइते

बुटवल । कपिलवस्तुको विजयनगरमा जगलमा बाख्रा चराउन गएका दुई जना बाघको आक्रमणबाट गम्भीर घाइते भएका छन् ।

विजय गाउँपालिकाको वडा नं. १ नेवलागञ्जमा बस्ने ५५ वर्षीय वर्तमान रोका र ५० वर्षीय दिलेराम थारु बाघको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।

उनीलाई अपराह्न ४ बजेतिर जंगलमा बाख्रा हेर्न गएको अवस्थामा बाघले आक्रमण गरेको गरेको हो ।

दुबै जनाको अवस्था गम्भीर भएकोले बुटवलमा उपचारको लागी ल्याएको छ ।

एउटै बाघले बाख्रा खान नपाएपछि मान्छेमाथि आक्रमण गरेको अनुमान गरिएको छ । केही समयअघि अर्धाखाँची पनि बाघले आतंक मच्चाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *