काठमाडौं । एनआरएनए कोरिया र दक्षिण कोरियाबासी स्वतन्त्र अभियान्ताहरुले पठाएको कोरोना भाइरस परीक्षण गर्ने चार हजार किट्स सहित अन्य स्वास्थ्य सामग्री आज नेपाल आइपुगेको छ ।
दक्षिण कोरियाबाट कोरियन एअरमार्फत आज पहिलो चरणको सामान ४० कोभीड( १९ Detection Kits, (जसबाट ४००० भन्दा वढी टेस्ट गर्न सकिन्छ), ४०००Extraction Kits(टेस्टको लागि चाहिने किट) र ५०० थान PPE लगायतका स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको संयोजक यदु लामिछानेले जानकारी दिए ।
दिउँसो साढे ४ बजे काठमाडौं विमानस्थलमा आइपुगेको सबै स्वास्थ्य सामाग्री पहिचान गरी वितरणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई शनिबार हस्तान्तरण गरिने एनआरएनएले जनाएको छ।
कोरोना परीक्षणको ३ घण्टामै नतिजा आउने किट्स नेपाल पठाउने उद्देश्यका साथ एनआरएनए कोरियाले त्याँहा रहेका नेपालीबाट प्रतिव्यक्ति एक किट्स सहयोगअभियान अन्तर्गत नेपालीले ७५ लाखभन्दा बढी रकम संकलन गरेका थिए ।