बेलायतमा कोरोनाबाट सङ्क्रमित भएका १०१ वर्षीय वृद्ध उपचारपछि निको

एजेन्सी / बेलायतमा कोरोनाबाट सङ्क्रमित भएका एक जना १०१ वर्षीय वृद्ध उपचारपछि निको भएका छन् । वोरसेस्टरशायरका एक सय एक वर्षीय किथ वाट्सन उपचारपछि निको भएर घर फर्केका हुन् ।

शल्यक्रियाका लागि अस्पताल पुग्दा उनमा कोरोना संक्रमण भएको खुलेको थियो । केही समयको उपचारपछि उनी निको भएको अस्पतालवाट फर्केका हुन । अस्पतालबाट घर फर्केपछि परिवारसँग खिचेको वाट्सनको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी जोखिम पाको उमेरका व्यक्तिमा हुने गरेको छ । मृतकपनि प्राय पाको उमेरका व्यक्तिहरु नै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *