सहकालका प्रख्यात देवताकाे रुपमा मानिन्दै आइरहेका लाेकेश्वर करुणामयकाे आज विधिवत रुपमा लगनखेलकाे मण्डपमा महास्नान सपन्न भयाे ।
प्रत्येक वर्ष चाैलागा प्रतिपदाका दिन श्री राताे मच्छिन्दरनाथकाे महास्सान गरिने परम्परा रही आएकाे छ । महास्नान पूर्व पाटनकाे मछिन्द्रबहालमा पांजु र पुजारीहरुद्वारा कलश पुजा गरेकाे थियाे । त्यसपछि साे चाँदीकाे कलश र श्री आर्यावलाेकितेश्वरलाई संगै राखी पुजा गरेपछि करुणामयलाई बाहिर ल्याइ सानाे खटमा राखी लगनखेल पुर्याइएकाे थियाे । करुणामयकाे महास्नान हेर्नकाे लागी पाटनकाे कुमारी पनि आउनु भएकाे थियाे ।
वर्तमान अवस्थामा काेभिद १९ का कारण सिमित व्यक्तिहरुकाे बीच आजकाे कार्य सम्पन्न गरेकाे हाे ।