पूर्व गोरखा सैनिक शिव श्रेष्ठको निधन,कोरोना संक्रमण भएको आशंका

लण्डन । विश्वभर कोरोना भाइरस महामारीको रुपमा फैलिरहेको बेला नट्टिघम नेपाली समाज संस्थापक सदस्य एबम पूर्व गोरखा सैनिक शिव श्रेष्ठको निधन भएको छ । ५८ वर्षका शिव श्रेष्ठको बुधबार साँझ ५ बजे स्थानीय अस्पतालमा निधन भएको हो।

नेपालको पुर्ख्यौली घर सोलुखुम्बुका उनी बुधबार बिहान मात्रै अस्पताल भर्ना भएका थिए ।श्रेष्ठलाई कोरोनाको संक्रमण भएको आशंका गरिएपनि अस्पतालले पुष्टी गरिसकेको छैन । श्रेष्ठलाई यसअघि कुनै स्वास्थ्य समस्या नरहेको पारिवारिक स्रोतले जनाएको छ ।

बिहान श्वास फेर्न असजिलो भएपछि एम्बुलेन्स बोलाई उनलाई अस्पताल लगिएकोमा दिउँसो निधन भएको जानकारी परिवारलाई दिइएको नेपाली समाज नटिङघमका अध्यक्ष दीपक सापकोटाले जानकारी दिए ।सापकोटाका अनुसार अति मिलनसार श्रेष्ठ दाजुका छोरा गोल्डेन एभरेस्ट क्रिकेट लिगको गोर्खा क्रीकेट टिम नटिंघम बाट खेल्दै आएका छन् आफुहरु अतन्तै नजिक रहेर बसेको स्मरण गरे ।

सापकोटाका अनुसार अहिले श्रेष्ठको परिवारलाई आइसोलेसनमा बस्न भनिएको छ । उनका श्रीमती र दुई छोरा रहेका छन् । श्रेष्ठको मृत्यु कोरोनाले हो कि होइन भन्ने चिकित्सकले आज गराउने बताइएको छ ।असल अभिभावक श्रेष्ठको असामयिक निधनले नेपाली समाज नटिङहम स्तब्ध बनेका छ ,समाजका अध्यक्ष सापकोटा ले भने ।

यसअघि बेलायतमा लीलाबहादुर राई , प्रशान्त अर्याल र चेतप्रसाद गुरुङको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।बेलायतमा मात्रै तीन पूर्व गोर्खा सैनिकको निधन भइसकेको छ । भने दुई नेपाली सफल उपचार पछि घर फर्कीसकेका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *