क्वारेन्टाइनमा बस्न नमानी भागेका १४ भारतीय सहित २५ जना नियन्त्रणमा

सप्तरी / सप्तरीमा क्वारेन्टाइनमा बस्न नमानी भागेका १४ भारतीय सहित २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पुर्‍याएको छ । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ स्थित बाँसघारी नजिकबाट भारत बिहार अररियाका १४ जना मुस्लिम युवक पक्राउ परेका हुन् ।

दिल्ली र काठमाडौंबाट आएको भनेपछि स्थानीयले क्वारेन्टिनमा लैजाने तयारी गरेका थिए । सोही क्रममा पिकअप भ्यानमा चढेर भागेका उनीहरुलाई प्रहरीको सहयोगमा सप्तरीको महुली स्थित क्वारेन्टाइनमा राखिएको छ । ज १ च १५७९ नम्बरको पिकअप भ्यानमा रहेका अन्य एघार जनालाई पनि क्वारेन्टिनमा राखिएको छ ।

क्वारेन्टिनमा राखिनेमा भ्यानका चालक र सहचालक समेत छन् । क्वारेन्टाइनमा राखिएका भारतीय कहाँबाट आएका हुन् भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *