अमेरिकामा हतियारको व्यापार २० वर्षयताकै सबैभन्दा बढी किन ?

विश्वभरी कोरोना भाइरसको महामारी फैलिरहेको छ । महामारीबाट बच्न सबै राष्ट्रहरु लागि परेका छन् । अमेरिकामा अहिले विश्वमा सबैभन्दा तीव्र रुपमा कोरोना भाइरसको संक्रमण बढिरहेको छ । अमेरिकामा बुधबारसाँझसम्म ४ लाख ५ सयभन्दा बढीलाई कोरोना भाइरस संक्रमण भइरहेको छ र संक्रमित थपिने क्रम जारी छ ।

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ हजार ८ सय ५७ पुगेको छ । इटाली र स्पेन पछि मृत्यु हुनेको संख्या अमेरिकामा नै छ । अहिलेसम्म विश्वमा कोरोना सक्रमणको संख्या १४ लाख ५० हजार नाघिसकेको छ । विश्वभरी मृत्यु हुनेको संख्या ८३ हजार ४ सयभन्दा बढी भइसकेको छ ।

कोरोना संक्रमण भएको विश्वमा ३ लाख ९ हजारा ३ सय भन्दा बढी निको भएका छन् । विश्व यस्तो अवस्थाबाट गुज्रिरहँदा पनि अमेरिकामा भने हतियारको व्यापार २० वर्षयताकै सबैभन्दा बढी देखिएको समाचार बाहिर आएको छ । यस्तो माहामारीकोबीचमा पनि अमेरिकामा हतियारको व्यापारमा बढोत्तरी भएको छ ।

बढोत्तरीको कारण
हरेक दिनमा कोरोना संक्रमण र मृत्युको संख्या बढेको बढ्यै छ । देश कुनै नै कुनै रुपमा लकडाउनको अवस्थामा छ । तर पनि यस्तो अवस्थामा अमेरिकीहरु हतियारलाई अहम मानिरहेका छन् ।

आयतकर्ताको भनाइ छ कि यस्तो सामाजिक अव्यवस्थाको कारणले मात्र होइन । एफबीआई (फेडरल ब्युरो अफ इन्भेस्टिगेशन) ले मार्च २०२० मा ३७ लाख ब्याकग्राउण्ड चेक गर्यो । यो १९९८ पछिको सबै भन्दा ठूलो ब्याकग्राउण्ड चेक हो । एफबीआइले १९९८ मा इस्ट ब्याकग्राउण्ड चेक कार्यक्रम सुरु गरेको थियो ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष अथवा २०१९ को तुलनामा २०२० मा ११ लाख बढी पाइए । २१ मार्चमा मात्र २ लाख १० हजार ब्याकग्राउण्ड चेक गरियो । यो एक दिनको सबै भन्दा बढी हो । अमेरिकी सञ्चारमाध्यमका अनुसार एफबीआइको डाटा अनुसार यो वर्ष मार्चमा नै २० लाख भन्दा बढी हतियार किनेको छ ।

भागदौड नै चलेको छ
इलिनोय राज्यमा सबैभन्दा बढी हतियार बिकेका छन् । मार्च महिनामा मात्र ५ लाख हतियार बिक्री भएका छन् । त्यसपछि टेक्सास, केटुक्की, फ्लोरिडा र क्यानिफोर्निया राज्यमा सबैभन्दा बढी को नम्बर दोस्रोमा छ ।

अमेरिकामा हतियार बेच्ने पसलको रिपोर्ट अनुसार उनीहरुले हतियारको स्टक नै गर्न सकेका छैनन् । किन कि मानिसहरु हतियार खरिद गर्न भागदौड नै गरिरहेका छन् ।

मार्च २०२० मा हतियारको बिक्रीले २०१५ को रकेर्ड तोडेको छ । २०१५ मा ३३ लाख हतियार बिक्री भएका थिए । २०१५ मा बाराक ओबामा प्रशासनले हतियारको बिक्रीमा रोक लगाउने अनुमान गरेका थिए ।

सो वर्ष क्यालिफोर्नियाको बनार्डिनोमा भएको हत्याको घटनापछि ओबामा प्रशासनले हतियारको बिक्रीमा रोक लगाउने सम्भावना बढेको थियो ।

हतियारको बिक्रि किन बढ्यो ?
जर्जिया राज्य विश्वविद्यालय ल स्कुलका प्रोफेसर टिमोथी लिटन अमेरीकी हतियार कम्पनीका विज्ञ मानिन्छन् । उनका अनुसार कोरोना भाइरसको महामारीको यो समयमा पनि अमेरिकमा हतियारको बिक्री बढ्नुका दुई कारण छन् ।

पहिलो कारण मानिसमा प्रहरी र स्वास्थ्यसेवासहित नागरिक समाज अवस्था कुनै दिन खराब हुनसक्ने डर छ । यस्तो अवस्थामा कानुन र राज्य व्यवस्था खराब हुन सक्छ । टिमोथी भन्छन्, ‘मानिसलाई यस्तो अवस्था आयो भने आफूलाई बचाउने एउटामात्र माध्यम हतियार हुनसक्छ भन्ने लागेको छ ।

दोस्रो कारण हो, सरकारले नागरिकलाई हतियार राख्न पाउने अधिकारमाथि अंकुश लगाउन सक्छ ।

हतियार राख्ने अधिकार
अमेरीकी संविधानले नागरिकहरुलाई हतियार राख्ने अधिकार दिएको छ । लिटन भन्छन्, ‘सार्वजनिक स्वास्थ्यका कारण सरकार धेरै अधिकार खोस्न सक्छ, जस्तो घुमफिरमाथि प्रतिबन्ध, मनलागेको सामान किन्न नपाउने आदि ।’

अहिले अमेरिकी नागरिकलाई आफ्नो सरकारमाथि विश्वास नै लाग्न छोडेको लिटन बताउँछन् । उनी भन्छन्, ‘सरकारले आफ्नो सुरक्षा गर्न सक्दैन भन्ने लाग्न थालेको छ । तर केहि मानिसलाई भने सरकार निरंकुशतातर्फ बढेकोले स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउँछ भन्ने डर पनि छ ।’

शिकागोमा बस्ने एक अमेरीकी नागरिक भन्छन्, ‘अहिले सामान्य भएपनि देशमा अस्थायी रुपमा भएपनि नागरिक व्यवस्था गढबढ हुन सक्छ भन्ने मलाई लाग्छ । त्यो समयमा प्रहरीकोे मात्र भरोसा गर्न सकिदैन ।’

उनी भन्छन्, ‘यस्तो अवस्थामा हतियारको बीमा सस्तो छ ।’ यी नागरिकको तर्क छ कि यस्तो समयमा खाद्यान्नको र अन्य सामान जति राखेपनि सुरक्षा गर्न नसक्दा बेकार हुन्छ ।

अमेरीकाका केहि राज्यहरुमा हतियारको कारोबार गर्न अनुमति दिएको छ । जसमा न्युर्योक, म्यासाच्युसेट्स र न्यू मेक्सिकोका हतियार कारोबारीलाई अनलाईन बिक्री गर्न अनुमति दिएको छ ।

यसको विरोध पनि भइरहेको छ । ‘एन्डी गन भायलेन्स’ अभियानका अध्यक्ष क्रिस ब्राउनले भनेका छन्, ‘हतियारको खरिद बिक्रीमा कुनै संवैधानीक अधिकार छैन । यस्तो समयमा त झन अधिकार नै छैन कि हतियार खरिद बिक्री गर्दा कोरोना फैलाउने ।’

केहि अमेरीकीहरु भने नयाँ हतियार खरिद गर्ने परिवारको बारेमा चिन्ता व्यक्त गर्छन् । केहि परिवारको अवस्था पहिलाबाट नै नाजुक छ । त्यसमा झन खतरामा परेका छन् ।

केहिलाई भने जेलबाट कैदीहरुलाई जमानतमा छोड्दा आत्मसुरक्षाका लागि हतियार आवश्यक परेको छ । एक नागरिक भन्छन्, ‘केहि हतियारविरोधी नेताहरुले हतियारको पसलमा ताला लगाउने कोशिस गर्नु कानुनको पालना गर्ने अमेरिकीहरुका लागि चिन्ताजनक कुरा हो । कानुनको पालना गर्ने मानिस आफ्नो र परिवारको सुरक्षा हतियारको माध्यमले सुनिश्चित गर्न सक्छन् ।’

हतियारको बिक्रिमा कसलाई असर पर्छ ?
अमेरिकाको घरेलु राजनीतिमा हतियार बिक्रिको प्रभाव रहन्छ । डेमोक्रेटिक उम्मेदवारलाई हतियार राख्ने अधिकारमाथि अंकुश लगाउनेको रुपमा हेरिन्छ । अर्को तर्फ राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने मानिसलाई हतियार राख्न दिनु पर्छ भन्ने कुराको समर्थक मानिन्छ । हतियारको बिक्रिमा २०१५–१६ मा उच्च विन्दुमा पुगेको थियो । लिटन भन्छन्, ‘मानिसमा बेचैनी आइपछि हतियारको बिक्री वितरणमा पनि उतार चढाउ हुन्छ ।’
बीबीसी हिन्दीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *