वुहानमा ७६ दिनपछि ‘लकडाउन हटाइयो

0
147

वुहान, चीनको हुबेइ प्रान्तको राजधानी वुहानमा ७६ दिनपछि ‘लकडाउन’ हटाइएको छ। मंगलबार लकडाउन हटाइएसँगै यातायातका सबै साधन पुनः सञ्चालनमा आएका छन् भने बजार खुलेको छ।

यातायात र बजार खुले पनि विद्यालय तथा प्रान्तीय कलेजको नयाँ सेमेस्टरका कक्षा भने स्थगित नै रहने चिनियाँ सञ्चार माध्यमले जनाएका छन्। वुहानलाई महामारी नियन्त्रणका लागि उच्च प्राथमिकता राखिएको र नागरिक पनि सतर्क रहनुपर्ने वुहानका चिनियाँ राजनीतिक परामर्श सम्मेलन प्रमुख हु शुङ्ग्वाङले बताएका छन्।

प्रमुख हुले नयाँ संक्रमण नदेखिदैमा भाइरसको जोखिम शून्य भएको मान्न नसकिने बताएका छन्। उनका अनुसार अझै पनि महामारी नियन्त्रण र रोकथाम संकटपूर्ण रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here