देशभर १० वटा ठाउँमा कोरोनाको नमुना परीक्षण , ९ हजार १ सय ६८ जना क्वारेनटाइनमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आजबाट थप धुलिखेल र भैरहवामा टेस्ट परीक्षण सुरु भएको छ । काठमाडौंसहित धरान, हेटौंडा, पोखरा, वुटवल, सुर्खेत, धनगढी, धुलिखेल, भरतपुर र भैरहवामा नमूना परीक्षण शुरु गरिएको हो । मन्त्रालयले देशभर १० वटा ठाउँमा कोरोनाको नमुना परीक्षण थालिएको छ ।

सोमबारसम्म काठमाडौंसहित १०७ जना आइसोलेसन र ९ हजार १ सय ६८ जना क्वारेनटाइनमा रहेका छन् । हालसम्म १६ सय ९७ जनाको कोरोनाको टेस्ट भएको छ । संक्रमितको टेसिग जारी रहेको सोमबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *