अमेरिकामा कोराना संक्रमितको संख्या ३ लाख नाघ्यो

अमेरिकामा कोराना संक्रमितको संख्या ३ लाख नाघेको छ ।
पछिल्ला १ दिन २३ हजार ४ सय ६४ जना नयां संक्रमित पुष्टि भएपछि संक्रमितको संख्या ३ लाख ६ सय २५ पुगेको हो ।
त्यस्तै अहिलेसम्म अमेरिकाम मृत्यु हुनेको संख्या ८ हजार १५७ पुगेको छ । जसमध्ये पछिल्लो १ दिनमा ७ सय ५३ जनाको मृत्यु भएको छ ।
हालसम्म संसारभर ११ लाख ७३ जना संक्रमित हुदा ६३ हजारको मृत्यु भएको छ । धेरै मृत्यु हुनेमा स्पेन र इटाली रहेका छन् ।
