१ हजार जनाको भिडसँगै नेपाल प्रवेश गरेका थिए कैलालीका संक्रमित

0
122

सरकारले नेपालमा कोरोना भाइरसको संक्रमण न्यूनीकर तथा रोकथामका लागि लकडाउन गरेपछि कैलालीको गौरीफन्टा नाकाबाट नेपाल प्रवेश गरेका युवामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज कोरोना देखिएका कैलालीका २१ वर्षका युवा लकडाउनपछि ११ चैतमा कैलालीको गौरीफन्टा नाकाबाट नेपाल भित्रिएको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

केही दिन नाकामा रोकिएका करिब १ हजार जनाको भीडबाट उनी कैलाली प्रहरीको भनाइ छ । मुम्बईको एक होटलमा काम गर्ने उनीहरूसहित नेपाल भित्रन १ हजार बढी नाराजुलुसमै उत्रिएका थिए । लकडाउनपछि रोकिएकालाई नेपाल प्रवेश दिनु पर्ने भन्दै उनीहरू भीड र प्रहरीबीच ढुंगामुढासमेत भएको थियो ।

उनीहरू नारा जुलसमा उत्रिएर दबाब दिन थालेपछि कैलाली प्रशासनले उनीहरूलाई नेपाल भित्र्याएको थियो । नेपाल भित्रिएको ११ दिनका दिन ती युवामा कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ देखिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले क्वारेन्टाईनमा रहेका उनको नमुना परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ देखिएको बताए ।

ती युवासहित सदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । अर्का एकजना पनि भारतबाट आएका युवा हुन् । अर्का एकजना युवा भने दुबईबाट फर्किएका हुन् भने उनका आफन्तमा पनि कोरोना भाइरस सरेको हो । उनीहरू सबैको सेती प्रदेशिक अस्पतालको आईलोसेनमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here