बलात्कार आरोपमा पक्राउ परेका ब्यक्ति प्रहरी हिरासतमा नै मृत भेटिए

0
161

२० चैत, बुटवल । बलात्कार आरोपमा पक्राउ परेका कपिलवस्तुमा एक ब्यक्ति प्रहरी हिरासतमा नै मृत अवस्थामा भेटिएका छन् ।

छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका वाणगंगा नगरपालिकाका ती अभियुक्तले इलाका प्रहरी कार्यालय पिपराको शौचालयमा आत्महत्या गरेका हुन् ।

शौचालयको भेन्टिलेटरमा गएराती तन्ना बेरेर आत्महत्या गरेको प्रहरी निरीक्षक आयुशप्रसाद जोशीले बताए ।

घटनाको चेकजँच र अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय तौलिहवावाट प्रहरी नायव उपरीक्षक सुनील मल्लको नेतृत्वमा टोली ईलाका प्रहरी कार्यालय पिपरामा पुगेको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here