करिव ३ सय अमेरिकी नागरिक बोकेर कतार एयरवेजको जहाज त्रिभुवन विमानस्थलबाट उड्यो

१८ चैत, काठमाडौं । नेपालमा रहेका करिव ३ सय अमेरिकी नागरिक बोकेर कतार एयरवेजको जहाज त्रिभुवन विमानस्थलबाट उडेको छ । यो जहाज कतारको दोहा हुँदै अमेरिका लाग्ने छ ।

नेपालमा लकडाउन लम्बिएपछि यहाँ फसेका नागरिकलाई मुलुकहरुले धमाधम फिर्ता लगिरहेका छन् । नेपाल पर्यटन बोर्डले सोमबार नेपालका विभिन्न स्थानबाट अमेरिकी नागरिकहरुलाइ काठमाडौंमा जुटाएको थियो ।

यसअघि जर्मनी र फ्रेन्च दूतावासले युरोपियन युनियनका नागतिकलाइ तीन वटा फ्लाइटबाट फिर्ता लगिएको थियो । बुधबार राती अस्ट्रेलियाले नेपाल एयरलाइन्सको जहाजमार्फत आफ्ना नागरिक फिर्ता लैजाँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *